BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Saturday, June 25, 2011

मेरो मन


पाइलै पिच्छे पीडाले खेपिएको मेरो मन
मेरी आफ्नो भन्नेले नै हेपिएको मेरो मन

प्रकृतिमा उफ्रिएर फैलिएको बस्तीमा
साघुरिदै गएर चेपिएको मेरो मन

नदेखे झैँ गरे उनले नचिने झैँ गरेपछि
उनको बोलि सुनिएर रेटिएको मेरो मन

उनले हास्दै बाधिएर पराइको अंगालोमा
कुल्चिएर फ्याकिएर भेटिएको मेरो मन

बधिरन्छ घृणा अचेल थपिरन्छ पिडा
उनकै चिप्लो बोलीमा लेपिएको मेरो मन

पाइलै पिच्छे पीडाले खेपिएको मेरो मन
मेरी आफ्नो भन्नेले नै हेपिएको मेरो मन            

0 comments:

Post a Comment