आँशु झारी रोए सधै साँच्न पनि मानेन मन
थेग्नै गार्हो थियो पल बाँच्न पनि मानेन मन
चट्ट बिर्सी दिउ भने छाडी जाने बैगुनी लाइ
मायाँ फेरि गोगन् डाली भाँच्न पनि मानेन मन
सोध्यौ किन फूलदानी फुट्यो यो त जिवन संगै
अर्थ छैन डुल्नु बाग हाँस्न पनि मानेन मन
खुशी ब्यक्त हाँसो बग्यो मेरै आँशु त्रिवेणी भइ
पराइको खुशी सगै नाँच्न पनि मानेन मन
बिस्वासले चाख्छु भन्थे चुही गयो रसिलो प्रेम
दुध पानी के थ्यो होला जाँच्न पनि मानेन मन
0 comments:
Post a Comment