BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Tuesday, June 21, 2011

छड्के नजर लगाएर श्राप दिदै थुक्नु किन? 
बियोगिलाई प्रिय भनि बाटो सधैं ढुक्नु किन?


अब म शायद टाडा भए तिम्रो इच्छा पुग्यो
आफ्नै हुँदा मलाई बाटो छली लुक्नु किन?


सागर भन्दा गहिरो माया कहिले नि नसुक्ने थियो
तिम्रो जाल पर्‍यो क्या हो नत्र मिलन चुक्नु किन?


अन्तै मोडमा खुशी जीवन सुख सयल सङ्गै बाँच
तिमी ममताको प्रेम सागर सुक्नु किन?


पश्चाताप मा रुन्छौ अरे, जे भयो नरोउ अब
झम्काभेटमा लज्जित भैइ शिर झुक्नु किन?





'निसा शाह'

0 comments:

Post a Comment