तीमी हिड्यौ अब यो जीबनलाई खोलाको बगर भन्छन
उजाडिएको बस्ती जस्तै खण्डहर शहर भन्छन

छट्पटाई छट्पटाई तीम्रो याद संगै जीउन थाल्दा
यी नयन अश्रु लाई सुनामीको लहर भन्छन

दुनीयाँ संग थाके म एकान्तलाई साथी रोज्दा
भन्नेहरु अब यहि जीन्दगीलाई जहर भन्छन

गुन्जीनछ तीम्रो बोली झस्कीनछु आधी रातमा
बिछोडमा ग्रसित हरु यहि नै अन्तीम प्रहर भन्छन

शराब बोकी सडक गल्ली टहलीदा अन्धकारमा
जीउनेहरु यसैलाई मृत्यू छुने डगर भन्छन

तीमी हिड्यौ अब यो जीबनलाई खोलाको बगर भन्छन
उजाडिएको बस्ती जस्तै खण्डहर शहर भन्छन